Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई माधव पक्षद्वारा ३ घण्टाको अल्टिमेटम, माग पुरा नभए राजिनामा दिने चेतावनी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ३ घण्टाको अल्टिमेटम दिएको छ।

नेपाल पक्षले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आफूहरुमाथि गरिएको निलम्बन फुकुवा गरेपनि त्यतिले मात्र नहुने भन्दै आफ्ना माग पुरा गर्न भन्दै आज दिउँसो साढे ४ बजेसम्मको अल्टिमेटम दिएको हो ।

यसैबीच, नेपाल पक्षका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई साढे ४ बजेसम्मको समय दिएको र त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने बताए ।

‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’ रावलले भने।

कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा रहेको रावलको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077