Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निलम्बन फुकुवापछि योगेशले भने - ओलीले गल्ती सच्याउनु भयो, अब पार्टी २०७५ जेठ २ बाट अघि बढ्छ

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको हो ।

यसैबीच, माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

अध्यक्ष ‌केपी शर्मा ओलीले आफूले गरेको गल्ती सच्याएको भन्दै नेता भट्टराईले भने, 'हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा एमालेलाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ।' एमालेको एकता कायम राख्नका लागि अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउनुपर्ने भन्दै यो कुरालाई पनि अध्यक्षले सम्बोधन गर्न तयार हुनुहुन्छ भन्ने आशा गरेको भट्टराईको भनाइ छ।

एमालेले यी चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । पार्टी एकता रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले यस्तो निर्णय गरेको पार्टीका नेता सुवा नेम्वाङले बताए।

त्यस्तै, बैठकले कारवाही फुकुवा गरेसँगै बैठक चलिरहेकै बीचमा ओली–नेपालबीच टेलिफोन वार्तासमेत भएको जानकारी दिँदै नेम्वाङले  उनीहरुबीच पार्टीलाई एकताबद्ध बनाउन छिट्टै वार्ता हुन लागिरहेको संकेतसमेत गरे । 'उहाँहरुबीच छिट्टै भेट हुन्छ,' नेम्वाङले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077