Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई पदमुक्त गर्नकै लागि भएपनि हामी राजिनामा दिन्छौं : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको उल्लेख गरेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नकै लागि भएपनि आफूहरुले सामूहिक राजिनामा दिनपर्ने रावलको भनाइ छ।

नयाँ सरकार गठनका लागि विपक्षी दलहरुबीच छलफल चलिरहेको बेला एमालेका उपाध्यक्ष समेत रहेका रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ भन्दै आफूहरुले राजिनामा दिन लागेको प्रस्ट पारेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, 'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।'

https://twitter.com/BhimRawal179/status/1392445468223762432

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077