Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'काठमाडौँमा दैनिक उत्पादन हुने ८-१० हजार अक्सिजन सिलिण्डर कहाँ खपत भइरहेको छ ?'

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न र जनताको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन्।

पूर्वमन्त्री प्रभाकरले काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएपनि उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ रु भन्दै प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता शर्माले अक्सिजनको खापत्बारे जनतालाई जानकारी गराउन माग गर्दै विदेशी नियोगको सहयोग लिएर अक्सिजनको सहज आपूर्ति गर्न सुझाव समेत दिएका छन्।

'म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु', उनले फेसबुकमा लेखेका छन्।

https://www.facebook.com/OfficialJanardanSharma/posts/3989516284461889

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077