Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र संक्रमणमुक्त, कोमललाई पनि वार्डमा सारियो

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

आज थापाथलीस्थित नर्भिक अस्पतालले पूर्वराजा शाहको स्वास्थ्य अवस्थामा निकै सुधार आएको र संक्रमणमुक्त भएको जानकारी दिएको हो।

यसअघि उनी १८ दिन पहिले कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका थिए।

अस्पतालका अनुसार भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो, स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको छ ।

यस्तै, पूर्वरानी कोमल शाहलाई पनि आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

केही दिनअघि सम्म पुर्वरानी शाहको अवस्था जटिल बन्दै गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077