काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेकाथापाले अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुस्ख पाएको उल्लेख गर्दै अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत् एक भिडिओ संदेश जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गरेका छन्।
https://twitter.com/thapagk/status/1392013744117489666