Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • देशभर मौसम बदली

    देशभर मौसम बदली

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 3.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।



    अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरुमा सामान्य बदली रहेको छ र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् ।



    मंगलबार दिउँसो देशका अधिकांश भू–भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति देशका अधिकांश भू(भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार