काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति समक्ष यस्तो आह्वान गरेका हुन् ।
Leave a Reply