Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसदमा ओलीको विश्वासको मत फेल, स्वत: पदमुक्त

    संसदमा ओलीको विश्वासको मत फेल, स्वत: पदमुक्त

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा विश्वासको मत फेल खाएको छ।

    आज विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।



    प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मतप्राप्त भएको छ। त्यस्तै, १५ जना तटस्थ बसेका थिए।



    प्रधानमन्त्री ओलीलाई पदमा  रहीरहन १३६ मत आवश्यक थियो।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।

    प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । भने एमालेकै ओली पक्षले पक्षमा मत दिएका हुन्।

    यस्तै, जसपको महन्थ ठाकुर तटस्थ बस्दा एमालेकै माधव नेपाल पक्ष सहभागी भएको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार