Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

    विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ । मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएक थिए ।

    मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।



    विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ ।



    प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुनेछन्, अन्यथा २६६ सांसदले मतजाहेर गर्नेछन्।

    नेकपा ९एमाले०का १२१, नेकपा ९माओवादी केन्द्र०का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार