Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निषेधाज्ञामा पनि संक्रमितहरुको संख्या घटेन, एकैदिन अहिलेसम्मकै धेरै ९,२७१ जनामा संक्रमण

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु (६७ वटा)मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार भन्दा पनि माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ९ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४० लाख ३ हजार ७९४  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, आज कोरोना  संक्रमणका कारण अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ३ हजार ८५९ संख्या पुगेको छ।

आज देशभर ४ हजार ७ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३० लाख ६ हजार ७९४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077