Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ ? ए बाबा ! मत दिनुस् न, कसरी विघटन हुन्छ ?’

    ‘संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ ? ए बाबा ! मत दिनुस् न, कसरी विघटन हुन्छ ?’

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

    आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुभन्दा अगाडि विपक्षी पार्टीका शीर्ष नेताहरुले आफूमाथि लगाएको आरोप र सोधिएका प्रश्नको उत्तर दिएका हुन्।



    उत्तरदिने क्रममा प्रधानमन्त्री ओलीले पुनः संसद विघटनको धम्की समेत दिएका छन्।  उनले संसद विघटनको चिन्ता गर्नेहरुले आफूलाई विश्वासको मत दिन आग्रह समेत गरेका छन्।



    उनले भने, ‘संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ? ए बाबा, मत दिनुस् न, कसरी विघटन हुन्छ? आफैं मत नदिइकन विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस् लगाउने। भीरको टाउकोबाट उँधोतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष लगाउने। हाम नफालौँ, मत दिऔँ,’ ओलीले भने।

    यस्तै सरकारलाई कसले काम गर्न दिएन भन्ने प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, सारा नेपाल र नेपालीले देखेको छ, कसले दियो कसले दिएन भन्ने, नेपाली उखानलाई सम्झिदै हलो अड्काउनु अनि गोरु चुट्नु उचित नभएको दावी गरे।

    संसदमा आफु ठूलो पार्टी र सरकारमा आफ्नो बहुमत रहेकाले राजिनामा नदिएको ओलीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार