Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसदमा प्रधानमन्त्रीको जवाफ – धरहरा सम्पन्न नभएको भए म कसरी टुप्पोमा पुगे ?

    संसदमा प्रधानमन्त्रीको जवाफ – धरहरा सम्पन्न नभएको भए म कसरी टुप्पोमा पुगे ?

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

    आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुभन्दा अगाडि विपक्षी पार्टीका शीर्ष नेताहरुले आफूमाथि लगाएको आरोप र सोधिएका प्रश्नको उत्तर दिएका हुन्।



    उत्तरदिने क्रममा प्रधानमन्त्री ओलीले काम नै नसकिदै धरहरा उद्घाटन गरेको भन्ने प्रश्नमा काम नै सम्पन्न नभएको भए म धरहराको टुप्पोमा कसरी पुगे भन्दै उल्टै प्रश्न गरेका छन्। सांसदहरुलाई आफै गएर धरहरा चढ्न आग्रह गर्दै भने, पहिला गएर हेर्नुस्, चढ्नुहोस् अनि भन्नुहोस्, हल्लाको पछि नलाग्नुहोस्।



    यस्तै सरकारलाई कसले काम गर्न दिएन भन्ने प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, सारा नेपाल र नेपालीले देखेको छ, कसले दियो कसले दिएन भन्ने, नेपाली उखानलाई सम्झिदै हलो अड्काउनु अनि गोरु चुट्नु उचित नभएको दावी गरे।

    संसदमा आफु ठूलो पार्टी र सरकारमा आफ्नो बहुमत रहेकाले राजिनामा नदिएको ओलीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार