काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाई गर्नुपर्ने बताएका छन्।
वीर अस्पतालको लामो बसाईपछि केहीदिन अघि मात्रै घर फर्किएका अध्यक्ष भट्टराईले ओलीलाई विदाई गर्नुपर्ने चार कारण रहेको समेत उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा ओली हटाऔं देश बचाऔं भन्ने अभियान समेत चलाएका पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा ट्वीट गर्दै ओलीविरुद्द यस्तो भनेका हुन्।
उनले लेखेका छन्, ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:
१, कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको
२, संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको
३,संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको
४,खोप रऔषधि खरिदमा समेत भ्रष्टाचार गरेको !
https://twitter.com/brb1954/status/1391597106813554688