Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१७ लाख ५० हजार भारतीय रुपैयाँसहित चौधरी पक्राउ

बर्दिया। बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ स्थित सतीघाट पुलबाट  सशस्त्र प्रहरी बल (एपीएफ टोली)ले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका १ बस्ने २९ वर्षिय गोपाल चौधरी छन् ।

सुपप्र ०१–००८ प ४१४५ नम्बरको मोटरसाईकलमा सवार  चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखि भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले भारतीय रुपैयाँ बोक्न चौधरीले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077