Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई दोश्रो पटक कोरोना सङ्क्रमण

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई दोश्रो पटक कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई दोश्रो पटक कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार पीसीआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको छ।



    यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।



    परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार