Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारको रवैयाले गर्दा कोरोना कावु बाहिर गएको नारायणकाजी श्रेष्ठको टिप्पणी

    सरकारको रवैयाले गर्दा कोरोना कावु बाहिर गएको नारायणकाजी श्रेष्ठको टिप्पणी

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुर भएपश्चात् यसले महामारीको जरा गाडेको छ। पछिल्ला दिनहरुमा देशभर संक्रमितको संख्या उल्लेख्य रुपमा बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि त्यतिकै बढेको देखिन्छ।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले नेपालका ६० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा लागू गरिसकेको छ भने अझै अन्य जिल्लाहरुमा समेत निषेधाज्ञा लागू गर्ने तयारी गरेको छ। तर पनि पछिल्ला दिनहरुमा सक्रिय संक्रिमितहरुको संख्या घट्नुको साटो बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देख्न सकिन्छ।



    यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनाका कारण स्थिति काबु बाहिर जान लागेको भन्दै मिलेर सम्हालनुपर्ने बताएका छन् ।



    शनिबार सामजिक सञ्जाल फेसबुकमार्फत सबैलाई कोरोना नियन्त्रणमा जुट्न आग्रह गर्दै उनले भनेका छन्, ‘सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति काबु बाहिर जान लाग्यो । सबै मिलेर सम्हालौं ।’

    त्यस्तै, प्रवक्ता श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरुले कोरोनालाई पहिलो र मुख्य कार्यभार बनाउन आग्रह समेत गरेका छन्।

    उनले लेखेका छन्,‘कोरोनाको महामारी भयावह भयो। नेपाल संक्रमण र मृत्यु दर दुबै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो। सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो।सबै मिलेर सम्हालौं ।आम नागरिकलाई कोरोना संक्रमणबाट बचाऔं र जीवन रक्षा गरौं ।

    ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन् ।अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ।तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ।

    सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाऔं । यद्यपि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति छ।

    यस्तो बेलामा सवैले स्वास्थ्यमापदण्डको पालना गरेर आफूलाई संक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो। तर राजनीतिक नेता ,कार्यकर्ता,संगठन र समाजसेवी हरुले आफूलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ । त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन।

    भेरी अस्पतालका चिकित्सक, नर्स,स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु प्रति सम्मान ब्यक्त गर्दै उहाँहरुको बाटो अनुशरण गर्न तयार होऔं । जे जसरी सहयोग गर्न सकिन्छ गरौं।

    यसै सन्दर्भमा कोरोनाको पहिलो लहरको समयमा क्रियाशील रहेको मेरो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रियाशील रहेको जानाकारी समेत बिनम्रतापूर्वक गराउन चाहन्छु।’

    https://www.facebook.com/narayankaji.shrestha.33/posts/2909294779328058

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार