काठमाडौँ । काठमाडौँसहित देशका अधिकांश ठाउँमा आज मौसफ रहेको छ । बिहानैदेखि घाम लागेको छ।
प्रदेश १ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको छ ।
प्रि(मनसुनकै समय भएकाले प्रदेश २ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने छ ।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
Leave a Reply