Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपालगन्ज शिक्षण अस्पतालमा स्वाब दिन लाइनमा बस्दाबस्दै एक जनाको मृत्यु

    नेपालगन्ज शिक्षण अस्पतालमा स्वाब दिन लाइनमा बस्दाबस्दै एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2K
    SHARES

    बाँके । जिल्लाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजना पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कोहलपुर–५ का ५९ वर्षीय एक पुरुष रहेका छन्।



    चिकित्सकका अनुसार सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए , उनलाई ३/४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ, स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन् तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भयो।



    ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’चिकित्सकले भने।

    चिकित्सकहरुका अनुसार अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार