Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन : थापा-देवकोटाको उम्मेदवारी दर्ता

    राष्ट्रियसभा उपनिर्वाचन : थापा-देवकोटाको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.4K
    SHARES

    हेटौँडा। आगामी जेठ ६ गते हुने वाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि दुवैजना उम्मेदवारहरुले आफ्नो नाम दर्ता गराएका छन्। ्

    उम्मेदवारहरुमा नेकपा एमालेबाट रामबहादुर थापा र विपक्षीदल (कांग्रेस,माओबादीर एमालेकै नेपाल पक्षका) उम्मेदवार डा खिमलाल देवकोटा रहेका छन्।



    बादल र देवकोटाले वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।



    गृहमन्त्री थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्  भने देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

    गृहमन्त्री थापा शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि चुनाव लड्न राजी भएका थिए । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा आइपुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार