Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनका अस्पतालहरुमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

चितवन । जिल्लाको दुई मेडिकल कलेजमा शुक्रबार थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । जसमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा, नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुष, रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै,चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुष रहेका छन् ।

निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति मृत्यु भएको हो ।

यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077