Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनले भने - कोभिड-१९ विरुद्धको 'स्पुतनिक भी' खोप राइफल जत्तिकै भरपर्दो

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा निर्माण गरिएको कोभिड-१९ विरुद्धको खोपलाई एक प्रसिद्ध हतियार 'कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो' भएको भनेर प्रशंसा गरेका छन्।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले त्यस्तो टिप्पणी गरेका हुन्।

देशका स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुतनिक लाइट पनि भनिने स्पुतनिक भी नामक कोभिड-१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो।

राष्ट्रपति पुटिनले कोभिड-१९ विरुद्धको त्यो खोपलाई सोभियत सङ्घकालीन हतियारसँग तुलना गरेका छन् जुन हाल पनि व्यापक प्रयोगमा रहेको छ।

त्यस्तो तुलनात्मक टिप्पणी उक्त खोपको प्रभावकारिताबारे यो वर्षको आरम्भमा एक अष्ट्रियाली चिकित्सकले सबैभन्दा पहिला गरेका थिए जुन अभिव्यक्तिलाई राष्ट्रपति पुटिनले दोहोर्‍याएका हुन्।

स्पुतनिक भी खोप अक्सफर्ड /आस्ट्राजेनेका र जानसेन/जनसन एण्ड जनसनले तयार पारेका खोपले जसरी नै काम गर्दछ।

त्यसमा कोल्ड-टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ।

गत वर्ष उक्त खोपलाई मस्कोले तीव्र गतिमा नियामक प्रक्रियाहरू चालेर प्रयोगको अनुमति दिँदा पुटिन प्रशासनका आलोचकहरूले त्यसको प्रभावकारिताप्रति संशय व्यक्त गरेका थिए।

तर उक्त स्पुतनिक भी खोपको पछिल्ला चरणका परीक्षणहरूमा त्यस्ले कोभिड-१९ विरुद्ध उच्च तहमा सुरक्षा प्रदान गर्ने देखिएको थियो।
उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्‌कालीन प्रयोगका लागि अनुमित पाइसकेको छ।

स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो। एउटा प्रेस विज्ञप्तिमा उक्त खोपका निर्माताले भनेका छन्, स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४५ प्रभावकारिता देखिएको छ।

'एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,' उक्त विज्ञप्तिमा भनिएको छ। -स्रोत : बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077