काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच फेरी नाटकिय रुपमा अर्को वार्ताको थालनी भएको छ।
नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेपछि ओली समूहअत्तालिएको छ।
ओली समूहले फेरी वार्ताको नाटक गरेर अल्मलाउने काम गरेको नेपाल पक्षका एक नेताले टिप्पणीगरे ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुअघि एमालेकै नेपाल समूहका दुई दर्जन बढी सांसदले सामूहिक राजीनामा दिने तयारी गरेको चर्चाबीच नेपाल पक्ष सबैको तानातानमा परेको छ।
पार्टीभित्रकै असहयोगले ओली सरकार ढल्ने अवस्था आएपछि राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी हुन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीले नेता नेपाललाई पार्टी एकताका पक्षमा उभिँदै आत्मघाती बाटो नसमात्न आग्रह आग्रह गरेकी थिइन ।
उता, नक्सालस्थित मेरियट होटलमा एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल छलफलमा जुटेका छन्। छलफलमा पाण्डे र विष्टले फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए। पौडेल, पाण्डे र विष्टका बिचमा कुनै सहमति हुन भने सकेन ।
यसअघि ईश्वर पोखरेल र योगेश भट्टराईबीच पनि संवाद भएको थियो।
Leave a Reply