Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालमा अहिलेसम्मकै धेरैमा कोरोना, एकैदिन ९,०७० संक्रमित थपिँदा ५४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु (५६ वटा)मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार भन्दा पनि माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार ०७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७०  जनामा र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जानमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ३६ लाख ८ हजार ५८० पुगेको छ ।

यस्तै, आज एकैदिन ५४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077