काठमाडौँ। प्रतिनिधिसभाका ४ जना सांसद कोरोना भाइरस संक्रमित भएका छन् ।
संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।
बैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि हिजो र आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको थियो ।
बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।
Leave a Reply