Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको भीम रावलको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घृणित राजनीति गरेको टिप्पणी गरेका छन्।

बुधवार प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलबारे टिप्पणी गर्दै रावलले ओलीको यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको भन्दै आलोचना गरेका छन्।

आज बिहान समाजिक सञ्जाल ट्वीटरमा पार्टीका उपाध्यक्ष समेत रहेका रावले पार्टीका नेताहरुसँग कुनै छलफल नगरी विपक्षी दललाई समर्थन गरिदिन अनुनय गर्नु गैरजिम्मेवार भएको उल्लेख गरेका छन्।

रावलले ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले दलमा विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरुलाई स्पष्टीकरण सोध्नु,कारवाही गर्नु र कुनै छलफल परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।’

https://twitter.com/BhimRawal179/status/1390151102901981188

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077