काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
आज बालुवाटारमा बसेको नेकपा एमाले स्थायी समितिको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् ।
आजको बैठकमा संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आगामी बैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीलाई अहिले चटारो भएको छ । यसैबीच, हिजो प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग संसदमा बिस्वासको मत दिन आग्रह गरेका थिए। तर, जवाफमा देउवाले आफूहरुले विश्वासको मतमा सहयोग नगर्ने बताएका थिए भने बुधबारै माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा बुझाईसकेको छ ।
यस्तो अबस्थामा प्रधानमन्त्री ओली पार्टीको बैठकलगत्तै राष्ट्रपतिलाई भेट्न जानु अर्थपूर्ण रुपमा हेरिएको छ।
Leave a Reply