Online Nepal
  • शनिबार, २० पुष २०८१
  • मेघ गर्जनसहित वर्षाको सम्भावना

    मेघ गर्जनसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली हुनुका साथै मेघ गर्जनसहित वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

    पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।



    अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली छ ।



    गण्डकी प्रदेश र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।

    देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार