Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बीनी पराजित

    काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बीनी पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सले बुटवललाई एक शुन्य गोलले हराएको हो । हारपछि बुटवलले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।



    काठमाडौँका लागि निर्णायक गोल विदेशी खेलाडी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा उक्त गोल गरेका थिए । खेलको सुरुआतदेखि नै काठमाडौंले निकै आक्रामक खेल खेलेको थियो ।



    यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन् । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।

    यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन् । खेलको २८औं मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो ।

    मध्यान्तरपछिको खेलको ८६ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन् । जितसँगै काठमाडौंले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ ।

    बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौंथो स्थानमा खुम्चिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार