Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाबाट क्योकुसिन खेलाडी बज्राचार्यको निधन

    कोरोनाबाट क्योकुसिन खेलाडी बज्राचार्यको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3K
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

    यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमा निको नभएपछि उनलाई १९ गते थप उपचारका लागि सशस्त्र प्रहरीको अस्पताल लगिएको ओलम्पियन एवम बक्सिङ प्रशिक्षक दीपक महर्जनले जानकारी दिए ।



    बज्राचार्यले सन् १९८२ मा सिंगापुरमा तथा सन् १९८४ मा इन्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।



    इन्डोसिनामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार