Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अब मास्क नलगाइ बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना

    अब मास्क नलगाइ बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसका कारण संक्रमणको जोखिम बढेसँगै काठमाडौँ उपत्यकाका जिल्लाहरुमा लगाइएको निषेधाज्ञा थप एक हप्ता लम्बाईने भएको छ।

    आज कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानूनी कार्वाही गर्ने निर्णय गरेको हो ।



    प्रशासनका अनुसार बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने र मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गराइने भएको छ ।



    पछिल्लो समय विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको काठमाडौंकासीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

    यसअघि घरबाहिर निस्कनेलाई होल्डमा राख्ने गरिएपनि अब भने जरिवाना र कार्वाही गर्ने निर्णय समेत गरेको सीडीओ पराजुलीले बताए।
    सीडीओ पराजुलीले भने, ‘कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा गरिएको हो, थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ, मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।’

    त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियोभने बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २५ प्रतिशत र शाखामा २० प्रतिशत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार