Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दिल्लीबासीलाई २ महिनासम्म निशुल्क खाद्यान्‍न र ५ हजार रुपैयाँ राहत दिने मुख्यमन्त्री केजरीवालको घोषणा

    दिल्लीबासीलाई २ महिनासम्म निशुल्क खाद्यान्‍न र ५ हजार रुपैयाँ राहत दिने मुख्यमन्त्री केजरीवालको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3.9K
    SHARES

    एजेन्सी। भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारीबाट प्रभावित दिल्लीका सम्पूर्ण नागरिकहरुलाई दुई महिना निःशुल्क खाद्यान्न र ५ हजार रुपैँया राहत वितरण गर्ने घोषणा गरेका छन् ।

    आज मुख्यमन्त्री केजरीवालले अनलाइनमार्फत् पत्रकार सम्मेलन गरीसंक्रमणको चपेटामा गुज्रिएको परिवारलाई लक्षित गर्दै यस्तो राहत कार्यक्रम घोषणा गरेका हुन् ।



    केजरीवालको यस्तो घोषणासँगै दिल्लीमा रहेका ७२ लाख भन्दा धेरै रासन कार्डवाहकहरुले दुई महिनासम्म निःशुल्क खाना र ५ हजार रुपैयाँ राहत पाउनेछन् ।



    यस्तै उनले दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई ५ हजार रूपैयाँ सहयोग गर्ने पनि जनाएका छन् । कोरोना महामारीका कारण ट्याक्सी तथा अटो चालकहरुको काम रोकिन गएकाले उनीहरुका लागि पनि राहत प्याकेज ल्याएको मुख्यमन्त्री केजरीवालले बताए ।

    यससँगै दिल्लीमा रहेका करिब डेढ लाख अटो र ट्याक्सी चालकहरूले राहत महसुस गर्नेछन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले कोरोना महामारीको पहिलो चरण पनि आफ्ना नागरिकलाई विभिन्न राहत प्याकेज दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार