काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ लाई निलम्बन गरेको छ ।
कोरोना भाइरस संक्रमण अत्यधिक मात्रामा बढेसँगै खेलाडी र टीमका सदस्यहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआई निलम्बन गरेको हो।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका हुन्।
https://twitter.com/ANI/status/1389491641023668226