Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : बुटवल र काठमाडौँ रेजर्स प्रतिस्पर्धा गर्दै

    नेपाल सुपर लिग : बुटवल र काठमाडौँ रेजर्स प्रतिस्पर्धा गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ । काठमाडौँसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ ।



    जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो ।



    यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ । काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो ।

    बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार