काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा जित हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्ष स्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शुन्य गोलले पराजित गरेको हो ।
दशरथ रंगशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्दपी मध्यान्तर अघिको खेलमा उसले गोल गर्न भने सकेन् । खेलको २३ औं मिनेटमा विराटनगरका सुनील बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरीयो ।
खेलको ३६ औं मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नुसकेनन् ।
यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका निरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८ औं मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके ।
विराटनगरका लागि खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।
जितसँगै विराटनगर चार खेलमा सात अंक जोड्दै शिर्ष स्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अंक छ । चितवन लिगको पुछारमा छ ।
Leave a Reply