Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • डीआईजी धानुक भन्छन् – सांसदमाथि हातपात गरेको कुरा नक्कली हो, चर्चामा आउन अनावश्यक आरोप लगाइयो

    डीआईजी धानुक भन्छन् – सांसदमाथि हातपात गरेको कुरा नक्कली हो, चर्चामा आउन अनावश्यक आरोप लगाइयो

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 5.7K
    SHARES

    बुटवल। लुम्बिनी प्रदेशका डीआईजी रबिन्द्र धानुकमाथि महिलाको संवेदनशील अंगमा हातपात गरेको आरोप लागेपछि धानुकले त्यसबारे खन्डन गरेका छन्।

    डीआईजी धानुकले आइतबार महिला सांसदहरुको संवेदनशील अंगमा हातपात गरेको भन्दै आज एक बिज्ञप्ति जारी गर्दै सांसदहरुले कारवाहीको लागि माग गरेपछि धानुकले घटनामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका हुन।



    डीआईजी धानुकले  महिला सांसदहरुको आरोप नक्कली कुरा  भएको वताउंदै कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरेका छन् । उनले रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेको र आफु ढोका खोलेर बाहिर निस्किएको वताए ।



    सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

    डीआईजी धानुकले सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै  महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे ।

    सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा आफु गेट बाहिर निस्किसकेको हुँदा दुव्यर्वहारको कुरा नितान्त गलत भएको उनकको भनाइ छ। आफुले हातपात गरेको भिज्युअल पेश गर्न समेत डीआईजी धानुकले चुनौती दिएका छन् ।

    आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने धानुकको तर्क छ ।

    आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बेला उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डीआईजी धानुकले बल प्रयोग गरी दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनले मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी बल प्रयोग गरेको र बल प्रयोग गर्दा महिला सांसदमाथि दुव्र्यवहार भएको आरोप लागेको छ ।

    डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीको आरोप लगाएकी थिइन ।

    यसअघि हिजोको कुरालाई लिएर कांग्रेस सचेतक क्षेत्रीले एक भिडियोमार्फत् भनेकी छिन्, ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डीआईजी रबिन्द्र धानुक आएर आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो । त्यसपछि सबै प्रहरी आएर मलाई टिपेर फाले ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार