Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी धानुकमाथि महिलाको संवेदनशील अंगमा हातपात गरेको आरोप, कारवाहीको माग

बुटवल। लुम्बिनी प्रदेशका डीआईजी रबिन्द्र धानुकमाथि महिलाको संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको छ । डीआईजी धानुकले आइतबार महिला सांसदहरुका संवेदनशील अंगमा हातपात गरेको भन्दै आज एक बिज्ञप्ति जारी गर्दै कारवाहीको लागि माग गरेका छन्।

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बेला उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डिआजी धानुकले बल प्रयोग गरी दुव्र्यवहार गरेका थिए । उनले मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी बल प्रयोग गरेको र बल प्रयोग गर्दा महिला सांसदमाथि दुव्र्यवहार भएको आरोप लागेको छ ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेंगा, लौटी थारु, सुस्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीको आरोप छ ।

यसअघि हिजोको कुरालाई लिएर कांग्रेस सचेतक क्षेत्रीले एक भिडियोमार्फत्  भनेकी छिन्, ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी रबिन्द्र धानुक आएर आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो । त्यसपछि सबै प्रहरी आएर मलाई टिपेर फाले ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको निर्देशनमा डिआइजीले नै यस्तो अमर्यादित किसिमले आक्रमण गरेको उनले वताइन । क्षेत्रीले न्यायका लागि अब कहाँ जाने भनेर प्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077