Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि उक्त विषयामा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका थिए। दिउँसो दुई बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।

कांग्रेसले ओलीको राजीनामा माग गरी आफ्नो नेतृत्वमा नयाा सरकार बनाउन पहल गर्दै आएको छ ।

कांग्रेसले यसका लागि नेकपा माओवादी केन्द्र र जसपाको साथ खोजिरहेको छ । जसपा दुई भागमा विभिाजित भएका कारण कांग्रेसलाई सरकारको नेतृत्व गर्न त्यति सहज भने देखिदैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077