Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ओलीले विश्वासको मत लिनु लोकतन्त्रमाथिको निर्मम प्रहार हो, चेतना भया !'

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छिन् ।

उक्त सूचना जारी भएलगत्तै उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत् प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने काम हुने भन्दै खण्डन गरेका छन्।

ट्वीटरमा उनले लेखेका छन्, 'प्रमं केपीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ।यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो।सबैमा चेतना भया!'

https://twitter.com/BhimRawal179/status/1388885558609342467

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077