मकवानपुर। हेटौंडामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ ।
अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी, बारा, अमलेखगञ्जका ४६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको डा श्रेष्ठले जानकारी दिए । मृतक पुरुषलाई आइतबार राति १२ बजे हेटौंडा अस्पताल ल्याइएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ भने सङ्क्रमण बढ्दो छ । मकवानपुरमा आइतबारमात्रै २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
Leave a Reply