Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाँकेमा भयावह अवस्था, थप ६ जना कोरोना संक्रमितको मृत्यु

    बाँकेमा भयावह अवस्था, थप ६ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज । बँकेमा कोरोना संक्रमणको भयावह अवस्था उत्पन्न भएको छ ।

    जिल्लाका विभिन्न अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका तथा एक जना बर्दियाका छन् । भेरी अस्पताल नेपालगञ्जमा ४ तथा नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षीय पुरुष, नेपालगञ्ज उमनपा १ का ६६ वर्षीय पुरुष, बर्दियाको बढैयातालका ४७ वर्षीय पुरुष, बाँकेका ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धा, खजुरा गाउँपालिका २ का ३२ वर्षीय पुरुष तथा बैजनाथ गाउँपालिका ८ की अर्की एक महिला रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार