एजेन्सी । भारतको पश्चिम बंगालमा सम्पन्न विधानसभा चुनावमा पार्टीलाई जित दिलाएपनि मुख्यमन्त्री ममता बेनर्जी आफु भने पराजित भएकी छिन् ।
विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री एवम तृणमुल कांग्रेसकी प्रमुख बेनर्जी पराजित भएकी हुन् । उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार शुभेन्दु अधिकारीसित उक हजार ९५६ मतले पराजित भएकी हुन् ।
भाजपाबाट निर्वाचन जितेका अधिकारी बेनर्जीका पूर्व सहयोगी हुन् । उनी चुनावअघि भाजपामा प्रवेश गरेका थिए । सन् २०१६ को विधानसभा चुनावमा पनि अधिकारी नै उक्त क्षेत्रबाट विजयी भएका थिए ।
अधिकारीले एक लाख ९ हजार ६७३ मत पाए भने मुख्यमन्त्री बेनर्जीले एक लाख ७ हजार ९३७ मत पाएकी छिन् । विधानसभाका २९४ मध्ये २९२ सिटको मतपरिणाम प्राप्त हुँदा तृणमुल कांग्रेसले २१३ सिटमा जित हासिल गरेको छ भने भाजपाले ७७ सिट जितेको छ ।
Leave a Reply