Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • टोटनह्याम प्रिमियर लिगमा विजयी

    टोटनह्याम प्रिमियर लिगमा विजयी

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सेफिल्ड युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।

    टोटनह्यामको जितमा गारेथ बेलले ह्याट्रिक गरे भने सन ह्युङ मिनले एक गोल गरे । जितसँगै टोटनह्याम ५६ अङ्कका साथ पाँचौं स्थानमा पुगेको छ ।



    सेफिल्ड १७ अङ्कसहित पुछारमा छ । आइतबार राति भएको अर्को खेलमा आर्सनलले न्यूकासल युनाइटेडलाई दुई शून्य गोल अन्तरले हरायो । यस्तै म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल भने स्थगित भएको छ ।



    ओल्ड ट्राफोडमा युनाइटेडका समर्थकले मैदानमा पुगेर हुल हुज्जत गरेपछि खेल स्थगित भएको हो ।

    युनाइटेडले नयाँ प्रतियोगिता युरोपियन सुपर लिग नखेल्ने घोषणा गरे पनि समर्थकले विरोध गर्न भने छाडेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार