Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआइजीले म माथि आक्रमण गर्दै टिपेर फाले : कांग्रेस सचेतक निर्मला क्षेत्री (भिडियोसहित )

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेशसभा सदस्यहरुबीच झडप हुँदा डिआइजी रबिन्द्र धानुकले आफुमाथि आक्रमण गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले आरोप लगाएकी छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेशसभा सदस्यलाई प्रहरीले धरपकड गरेपछि झडप हुँदा केही घाइते भएका छन्। प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

अल्पमतमा परेका मुख्यमन्त्री  पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । त्यसअघि प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको थियो ।

यादवले उक्त घेराबाट निस्केर मुख्यमन्त्री पोखरेललाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

झडपमा केही प्रदेश सभा सदस्य घाइते भएका छन् ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी रबिन्द्र धानुक आएर आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो । त्यसपछि सबै प्रहरी आएर मलाई टिपेर फाले ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको निर्देशनमा डिआइजीले नै यस्तो अमर्यादित किसिमले आक्रमण गरेको उनले वताइन।  क्षेत्रीले न्यायका लागि अब कहाँ जाने भनेर प्रश्न गरेकी छन् ।

https://www.facebook.com/100039105064470/videos/405363427443823

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077