Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोनाको महामारीमा प्रधानमन्त्रीको पद जोगाउन राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान

    कोरोनाको महामारीमा प्रधानमन्त्रीको पद जोगाउन राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाले देश आक्रान्त बनिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि यही वैशाख २७ गते सोमबार अपराह्न १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । २७५ जना सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमाले एक्लैको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ ।



    नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीलाई १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार