Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीद्वारा विश्वासको मत लिने जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार बैठक चलिरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको बताईएको छ।

प्रधानमन्त्री स्रोतका अनुसार ओली यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेका थिए ।

ओलीले आइतबार बिहान पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077