Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री पोखरेललाई थप संकट, तीन मन्त्रीले दिए राजिनामा

बुटवल । लुम्बिनी प्रदेशमा नाटकीय रुपमा राजिनामा दिएका शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका तीन जना सांसदहरुले राजिनामा दिएका छन्।

उनीहरुले पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

राजिनामा दिनेहरुमध्ये कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।

सांसद पाण्डेयले आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको जानकारी दिए ।
पाण्डेयका अनुसार अन्य दुई सांसदले राजीनामा दिने बताएका छन् । तर, दिएका छैनन् । उनीहरुले शंकर पोखरेललाई सहयोग नगरी विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरिसकेका छन् ।

आज बिहान मात्र राजिनामा दिएका पोखरेल प्रदेश सभामा एकल बहुमत भएको आधारमा आज नै मुख्यमन्त्री नियुक्त भएका थिए । तर, चार सांसद एमालेबाट हटिसकेका कारण मुख्मंत्री पोखरेल माथि थप संकट पैदा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077