Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री पोखरेललाई अप्ठ्यारोमा पारेकी वली भन्छिन् - राजीखुसी माओवादी रोजेकी हुँ

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् । चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको बताउदै वलीले आफुले माओवादी रोजेको प्रष्ट पारेकी हुन्।

लुम्बिनीमा नेकपा एमालेका नेताहरुले वलीलाई अपरहण गरेको हुनसक्ने भन्दै दावी गरेका बेला प्रदेशसभा वलीले पत्रकार सम्मेलन गर्दै यस्तो भनेकी हुन्।

उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ, यो निजी फैसला हो। '

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिईन ।  सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ।

यसअघि बिहान उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी थिइन्।

उनले पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको जनाएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077