Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीकी सांसद वली माओवादीमा प्रवेश, मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो

बुटवल। लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको बहुमत धरापमा परेको छ ।

वलीले नेकपाका तर्फबाट दाङ प्रदेशसभा ३ (ख)बाट उपचुनाव जितेकी थिइन्। सर्बोच्च अदालतको फैसलाले माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

यसैबीच, माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजिनामा दिएका थिए।

अहिले एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

हेर्नुहोस् वलीको वक्तब्य :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077