Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन झण्डै ४ लाख सङ्क्रमित थपिँदा ३६८९ जनाको मृत्यु

    भारतमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन झण्डै ४ लाख सङ्क्रमित थपिँदा ३६८९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    नयाँ दिल्ली।  भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो ।



    यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो ।



    भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

    योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार